शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • लेकतिर उक्लिदै भेडा

लेकतिर उक्लिदै भेडा

  • शनिबार, बैशाख १५, २०८१
लेकतिर उक्लिदै भेडा


क्याराभान खबर–मुगुमा गर्मी मौसम सुरु भएपछि स्थानीयले भेडाहरु लेकाली चिसो खर्क तर्फ लैजान थालेका छन ।
स्थानीयले जाडो मौसममा बेशी झरेका भेडाका बथानहरु गर्मी लाग्ने थालेपछि लेकाली खर्क लैजान थालेका छन । गर्मीमा भेडाहरु बस्न नसक्ने र रोगहरु लाग्ने भएकोले भेडापालक स्थानीयले बैशाख देखि उच्च लेकाली खर्कतिर लैजाने गरेको मुगु मुर्मा गाउ“का गोर्ख रोकायाको भनाई छ ।

करिव ६ देखि ७ महिना सम्म भेडाहरु लेकाली खर्कमा राख्ने पाटन बन जंगलमा चराउने गरेको उनको भनाई छ । गर्मी मौसममा भेडाहरु बेशी बस्न नसक्ने भएकोले ६ महिनाको लागि लेकाली खर्क राखेर पाल्ने चलन रहेको स्थानीयको भनाई छ ।

मुगुको मुर्मा, मुन्दु, पिना, कोटिला, घटलेख, झयारी, बाम, खमाले, नार्थपु, जिमा, ख्याल्च, नेर, रारा रुम, लगायत बस्तीमा भेडा पालन गर्ने चलन छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको एक तथ्याङ्क बमोजिम जिल्लाभरि भेडाको संख्या करिव ३१ हजार रहेको पाइएको छ । पछिल्लो दश बर्ष यता जिल्लामा भेडा पाल्न स्थानीयको संख्या घटदै भएको छ

। अध्यायन र रोजगारको निम्ति गाउँका युवायुवती शहर केन्द्रीत हुन थालेपछि भेडापालन घटदै गएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । प्रति भेडाको मुल्य अहिले १५ हजार देखि १६ हजार सम्म पर्ने गरेको छ । दश बर्ष अघि सम्म भेडाको मुल्य ९ हजार देखि १० हजार थियो भने अहिले बढेर १७ हजार सम्म पुगेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार