शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • मर्यादित श्रमको बातावरण निर्माण गरि उत्पादनमा बृद्धि गर्नुपर्छ ः राष्ट्रपति रामचन्द्र पौडेल

मर्यादित श्रमको बातावरण निर्माण गरि उत्पादनमा बृद्धि गर्नुपर्छ ः राष्ट्रपति रामचन्द्र पौडेल

  • बुधबार, बैशाख १९, २०८१
मर्यादित श्रमको बातावरण निर्माण गरि उत्पादनमा बृद्धि गर्नुपर्छ ः राष्ट्रपति रामचन्द्र पौडेल

फाइल तस्विर

काठमाडौ–राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादित बातावरण निर्माण गरि उत्पादन र उत्पादकत्वमा बढाउनु पर्ने बताउनु भएको छ । ।
बिश्व मजदुर दिवस २०२४ को शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धिको लागि उद्यमशीलताको बिकास मार्फत स्वदेशी उत्पालन बृद्धि गरि स्वाभलम्बि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्ने आबश्यक हुन्छ ।
शुभकामना सन्देशमा राष्ट्रपतिले उद्यमशीलताको बिकास गर्नु पु“जी लगानी गर्ने उद्यमी र श्रम तथा सिप लगानी गर्ने श्रमिक दुबैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएको मर्यादित श्रमको बातावरण निर्माण गरि उत्पादन र उत्पादकत्व बृद्धि गर्नु पर्दछ भन्ने मलाई लाग्छ ।
मुलुकमा लोकतन्त्रमा आधारित समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संबैधानिक प्रावधानले मुर्तरुप लिदै जाने सन्दर्भमा श्रमिक बर्ग पनि लाभान्वित हुने बिश्वास लिएको छु । नेपालको संबिधानले सम्पूर्ण नागरिकको लागि रोजगारको हक एबम श्रमको सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक सुबिधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ । मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान भन्ने नाराका साथ आज १३५ औं बिश्व मजदुर दिवस मनाइदैछ ।

चर्चामा

सम्बन्धित समाचार