बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • समाचार
  • मुगुमा जेठ १५ बाट यार्सा संकलन

मुगुमा जेठ १५ बाट यार्सा संकलन

  • बिहिबार, बैशाख २०, २०८१
मुगुमा जेठ १५ बाट यार्सा संकलन

फाइल तस्विर

मुगु–जिल्ला स्थित मुगुम कार्मारोङ गाउपालिकाको पाटन क्षेत्रमा जेठ १५ देखि यार्सा संकलन कार्य सुरु गरिने भएको छ जेठ १५ गते बाट पाटन क्षेत्रमा यार्सा संकलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउ“पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।
जिल्ला बाहिरका लाई प्रति ब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रका लाई प्रति ब्यक्ति २ हजार यार्सा संकलन प्रबेश शुल्क निर्धारण गरिएको उनको भनाई छ । अध्यक्ष लामाका अनुसार प्रबेश शुल्क नतिरेर लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय गरिएको छ । कार्मारोङ गाउ“पालिकाको सानो कोइकी, ठूलो

कोइकी, रिमार, टाके, हाङदाङखोला लगायत ७ ठाउ“मा बढी यार्सा पाइने गरेको छ ।
चैत महिना देखि पाटनमा यार्सा उम्रिने सुरु गर्ने र जेठ बाट स्थानीयले टिप्ने गरेको किम्री गाउका फोन्जुक तामाङको भनाई छ । गर्मीले पाटन क्षेत्रमा हिउ“ पग्लिदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गरेको छ ।

मुगुम कार्मारोङ गाउ“पालिकाको पाटन क्षेत्रमा उम्रिने यार्सा संकलन गर्न जिल्ला बाहिर र जिल्ला भित्र बाट सयौ स्थानीय पाटन पुग्ने गरेका छन । पैसाको लोभले कार्मारोङ गाउ“पालिका भित्रका १७ वटा बस्तीका स्थानीय बुढापाका र बालबच्चा चौपाय बस्तु घरमा छोडेर पाटन उक्लिने गरेका छन ।
यार्सा संकलन गर्ने समयमा कार्मारोङका बस्ती सुनसान हुने गरेका छन । पाटनमा डेढ महिना सम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन । गत बर्ष मुगुको पाटन क्षेत्रमा अत्याधिक मात्रमा यार्सा पाइएको र यो बर्ष खडेरीले कम पाइने स्थानीयको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार