मङ्लबार, जेष्ठ १९, २०८३
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • समाचार
  • रारा जोडने पर्यटकिय मार्ग कालोपत्रे सुरु

रारा जोडने पर्यटकिय मार्ग कालोपत्रे सुरु

  • आइतवार, बैशाख २३, २०८१
रारा जोडने पर्यटकिय मार्ग कालोपत्रे सुरु

मुगु–मुगुको पर्यटकिय स्थल रारा जोडने गमगढी नाग्मा सडक ट्रयाक ओपन कार्य पुरा भएको करिव १२ बर्ष पछि बल्ल साढे ६ किमी सडक कालोपत्रे गर्ने काम सुरु गरिएको छ ।गमगढी देखि कालिकोट नाग्मा सम्मको ९३ किमी सडक मध्ये जुम्ला कनका सुन्दरी गाउ“पालिका—७ पाण्डुगुफा बाट बोता गाउ“ सम्मको साढे ६ किमी सडक गत चालु आर्थिक बर्षकै ३५ करोड बजेट बाट कालोपत्रे गर्ने काम प्रारम्भ गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त कालोपत्रे निर्माण कार्यको ठेक्का थोदुङ बासना जेभिले लिएको छ । साढे ६ किमी सडक कालोपत्रे गरेर के गर्नु सडक डिभिजन प्रमुख दिपेन्द्र बिष्टले भने गमगढी देखि नाग्मा सम्मको ९३ किमी सडक पुरै कालोपत्रे हुनु प¥या ।
ट्रयाक ओपन भएको करिव १२ बर्षपछि बल्ला साढे ६ किमी कालोपत्रे गर्ने काम सुरु भयो बिष्टले भने बा“की सडक सरकारले बजेट दिए पछि मात्र कालोपत्रे हुन्छ नत्र साढे ६ किमी कालोपत्रेमै सिमित रहन्छ । रारा जोडने पर्यटकिय मार्ग गमगढी नाग्मा सडक कालोपत्रेको लागि सरकारले प्रयाप्त बजेट नदिदा कालोपत्रे गर्ने काम बाधा भएको उनको भनाई छ ।गमगढी नाग्मा सडक कालोपत्रे नहु“दा सवारी साधन जोखिम मलेर आउजाउ गर्न बाध्य छन । उक्त सडक हिउदमा हिलाम्य र बर्खामा धुलाम्य हुदा यात्रुलाई सास्ती हुने गरेको छ । उक्त सडक कालोपत्रे नहु“दा रारा भ्रमण आउने पर्यटकलाई पनि कठिनाई उत्पन्न भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार