बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • समाचार
  • ४९ बर्षपछि रारामा अष्टेलियन लगानीमा रिर्सोट बन्दै

४९ बर्षपछि रारामा अष्टेलियन लगानीमा रिर्सोट बन्दै

  • शनिबार, जेष्ठ ५, २०८१
४९ बर्षपछि रारामा अष्टेलियन लगानीमा रिर्सोट बन्दै

मुगु–कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारामा ४९ बर्षपछि ठूलो लगानीमा सुबिधायुक्त लक्जरी रिर्सोट निर्माण गरिने भएको छ । २०३२ साल रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको ४९ बर्षपछि अष्ट्रेलियनको सहयोगमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले १ अर्ब १० करोड लगानीमा रारा मुर्माटपमा लक्जरी रिर्सोट निर्माण गर्न लागेको छ ।काठमाडौमा सम्पन्न तेश्रो अन्तराष्टिय लगानी सम्मेलनमा अष्ट्रेलियनको लगानीमा अष्ट्रेलिया एक्सपर्ट ग्रुपको तर्फ बाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङसका अभिषेक बिक्रम शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि रिर्सोट निर्माण कार्य सुरु भएको छ ।रिर्सोट निर्माणको कन्ट्रशनको काम १८ महिना भित्र सब्क्ने सम्झौतामा उल्लेख गरिएको छ । रारामा रिर्सोट निर्माणको खबरले जिल्लाबासी उत्साहित देखिएका छन । राराको पूर्बाधार बिकासमा सरकार संग बजेट माग्दै हैरान भएका मुगुबासीलाई अष्ट्रेलियनको लगानीमा रिर्सोट बन्ने थाहा पाएपछि खुशी भएका छन ।
रारामा बिदेशी पर्यटकमैत्री ठूलो रिर्सोट बन्ने खबर सुन्दा मन खुशी भयो नागरिक अगुवा चित्रबहादुर मल्लले सुनाए । नेपाल सरकारले गर्न नसकेको काम अष्ट्रेलियनले गरि दिने भयो उनले भने लक्जरी रिर्सोट बने पछि बिदेशी पर्यटक बढने छन । सरकारले तेश्रो लगानी सम्मेलन राराको लागि गरे जस्तो महसुस भयो रारा राष्ट्रिय निकुञ्ज अन्त्रर्गत मध्यवर्ती क्षेत्र बिकास समितिका अध्यक्ष बलराम साहनीले सुनाए । उनका अनुसार निकुञ्ज स्थापना भएको ४९ बर्ष सम्म ठूलो पूर्बाधार होटल रिर्सोट नबन्दा घुम्न आएका पर्यटकलाई बस्ने ठाउ“ भएन अब लक्जरी रिर्सोट बनेपछि धेरै पर्यटक रारामा भित्रिने भए । रारा मुर्माटपमा रिर्सोट निर्माण संगै अष्ट्रेलियन मुर्मा गाउ“बासीलाई रोजगारको सुबिधा प्रदान गरि दिनु पर्ने अपेक्षा गरेका छन रिर्सोट बनेपछि गाउ“को उत्पादन बेच्न सजिलो हुने भयो दुई चार पैसा पनि कमाई हुने भयो मुर्मा गाउ“का गोर्ख रोकायाले भने रिर्पोट निर्माण संगै हामी निकुञ्ज बाट पिडित मुर्माबासीलाई रोजगारको सुबिधा पाइने आसा गरेका छौ । रिर्सोट निर्माण निकुञ्ज कार्यालयले सकरात्मक रुपले लिएको छ ।

भौतिक पूर्बाधार अभावको समस्या खेप्दै आएको निकुञ्जले मुर्माटपमा लक्जरी रिर्सोट निर्माणले बिदेशी पर्यटक आगमनमा टेवा पुग्ने निकुञ्जले जनाएको छ । धेरै बर्षपछि अष्टे«लियनको लगानीमा रारामा रिर्सोट निर्माण कार्य थालनी हुनु खुशीको बिषय भएको निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेको भनाई छ । सुबिधायुक्त होटल नभएर पर्यटक धेरै नबस्ने अबस्था सृजना भएको रारामा लक्जरी रिर्सोट निर्माणले बिशेष गरि बिदेशी पर्यटकलाई सहज हुने उनको भनाई छ ।लामो समय पछि रारामा बन्न लागेको लक्जरी रिर्सोटले लगानीको बाटो खुल्ने सांसदहरुको भनाई छ । एउटा रिर्सोट निर्माण भइसकेपछि अन्य लगानीकर्ताले रिर्सोट निर्माण देखि अन्य पूर्बाधारमा लगानी गर्ने बाटो खुल्ने आसा गरिएको प्रतिनिधि सभासद ऐनबहादुर शाहीको भनाई छ । समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा रारा ताल रहेको त्यस भन्दा माथि ३५ सय मिटर उचाइमा अबस्थित मुर्माटप नजिक ७४ रोपनी जग्गामा लक्जरी रिर्सोट निर्माण गरि रारा होल्डिङस् रिसोर्ट प्रालिका इन्जिनियर अरुण चन्दले जानकारी दिए । रिर्सोटमा ४ वटा भवन ३८ वटा कोठा निर्माण गरिने उनको भनाई छ ।रेष्टुरेण्ट हल भुइँ तलामा रिसेप्सन स्वागत हल हुने छ । एक साइडमा भान्सा घर, माथिल्लो तलामा डाइनिङ हल र त्यससँगै १ सय जना अट्ने क्षमता भएको कन्फेरन्स हल र माथि पट्टी रेष्ट्रुरेण्ट निर्माण गरिने गरिने भएको छ ।

रिर्सोटका कुल ३८ वटा कोठा तीनतले भवन, पा“चवटा १ तले र ८ वटा दुई तले भवन निर्माण हुने प्रालिले जनाएको छ सबै कोठाबाट सुर्योदय, मनोरम रारा तालको दृश्य र प्रसिद्ध तिर्थधाम छायानाथ हिमाल अवलोकन सकिने छ ।रिर्सोट भ्ूाकम्प प्रतिरोधात्मक, अग्नि प्रतिरोधात्मक, तापमान सन्तुलन रहने भवन निर्माण गरिने इन्जिनियर चन्दको भनाई छ । उनले भने संस्कृति र प्रकृति झल्किने गरि भवन बनाइने भएको छ । रिर्सोटमा बिद्युत इन्टरनेट र मौसम अनुकुल चिसो तातो पानीको ब्याबस्था र वरिपरि माटो सुहाउदो बृक्षारोपण गरिने छ । उक्त रिर्सोटमा करिव करिव ३५ जना कर्मचारी स्थायी हुने प्रालिले जनाएको छ ।
तेश्रो लगानी सम्मेलनमा राराको ठूलो लगानी भित्रिएको संघीय सभासद ऐनबहादुर शाहीको भनाई छ । रिर्सोट निर्माणले पर्यटन आगमनमा बृछि हुने स्थानीयले रोजगार पाउने रैथाने अन्न बिक्री हुने उनको भनाई छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेश्रो लगानी सम्मेलनको क्रममा अष्टेलिया एक्सपर्ट ग्रुपको लगानीमा रारामा लक्जरी रिर्सोट निर्माण हुनु सुखद भएको बताएका छन । गत बुधबार रारा होल्डिङस् अभिषेक बिक्रम शाह र अष्टे«लिया एक्सपर्ट ग्रुपका सञ्जीव शर्मा संग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । रिर्सोट निर्माणले प्रधानमन्त्री दाहालले रारामा आन्तरिक बाहय पर्यटक आगमनमा बृद्धि हुने भएका छत । रारमा पर्यटकको आक्रर्षणको लागि पूर्बाधार निर्माणमा राज्यले लगानी गर्ने प्रधानमन्त्रीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार