बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • समाचार
  • पर्यटन प्रर्बद्धनको लागि फोटो प्रतियोगिता जरुरी ः पर्यटन मन्त्री

पर्यटन प्रर्बद्धनको लागि फोटो प्रतियोगिता जरुरी ः पर्यटन मन्त्री

  • शनिबार, जेष्ठ २६, २०८१
पर्यटन प्रर्बद्धनको लागि फोटो प्रतियोगिता जरुरी ः पर्यटन मन्त्री

काठमाडौं—संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले नेपालको पर्यटन प्रर्बद्धनको फोटो प्रतियोगीता जरुरी रहेको बताउनु भएको छ ।
अठोट नेपालको आयोजना र प्रिजेन्टिङ नेपालको प्रस्तुतीमा दोश्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगीता कार्यक्रमको शनिबार भृकुटीमण्डप नेपाल पर्यटन बोर्डमा समापन तथा पुरस्कार बितरण कार्यक्रममा मन्त्री तामाङले नेपालको पर्यटन प्रर्बद्धनको निम्ति फोटो प्रतियोगीता आबश्यक देखिएको बताउनु भएको छ ।
दुर्गम क्षेत्रमा ओझ्ेलमा परेका पर्यटन क्षेत्रलाई उजार गर्न फोटो प्रतियोगीताको मुख्य भूमिका रहने मन्त्रीको भनाई छ । पर्यटन क्षेत्र सुधारको सुधारमा जरुरी देखिएको र समस्या समधानको निम्ति सबैको सहयोग आबश्यक रहेको उनको भनाई छ । पर्यटन मन्त्रीका अनुसार नेपालको पर्यटन आगमनमा प्रशंसा लायक छैन सम्भावना छेरै छ भन्छौ खोजी गर्न सकेका छैनौ । १६ लाख पर्यटक भित्रयाउने भनेको ठूलो कुरा होइन मन्त्रीले भने सरल र सुलभ नबनाइने हो भने पर्यटन क्षेत्र धरापमा पर्न सक्छ । गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल र पोखरा अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान गर्न सकेनको मन्त्रीले भने अब उक्त बिमान स्थल बाट नेपालमा दर्ता भएका जहाजलाई उडान गर्न सरकारले पहल गर्न लागेको छ । आर्थिक संमृद्धिको मुख्य मेरुदण्ड पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रलाई माथि उकास्न जरुरी रहेको लुम्बिनी बिकास कोषका सम्भावना दुत बिक्रम पाण्डेले बताउनु भयो । उनले भने अठोट नेपालका अध्यक्ष देबेन्द्रबहादुर शाहीलाई म धन्याबाद दिन चाहन्छु किनभने पर्यटन क्षेत्रलाई माथि उकास्न हुम्ला बाट लागि रहनु भएको छ । पाण्डेले भने हामी संग जे छ त्यो प्रस्तुती गर्ने हो
भाषा भाषि सस्कृति जल जंगल जनावर त्यो पर्यटन क्षेत्र हो । उनले भने युवा पलायन लाई रोक्ने र आर्थिक मापदण्ड स्थापित गर्न पर्यटन क्षेत्रलाई जोड दिन आबश्यक रहेका छ । फोटो ग्राफि बाट पनि पर्यटन उद्यमशीलताको बिकास गर्न सकिने नेपाल उद्योग बाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको भनाई छ श्रेष्ठले भने नेपालको पर्यटन क्षेत्रको बिकासको लागि फोटो ग्राफि प्रतियोगिता जरुरी छ र यसलाई निरन्तरता दिन आबश्यक छ । फोटो प्रतियोगिताको समापन कार्यक्रममा कल्चरल डान्स समेत प्रस्तुत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार