बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • समाचार
  • पर्यटकियस्थल रारामा हाइअल्ट्रिच्यूट गल्फकोट निर्माणमा ५४ लाख बजेट

पर्यटकियस्थल रारामा हाइअल्ट्रिच्यूट गल्फकोट निर्माणमा ५४ लाख बजेट

  • बुधबार, जेष्ठ ३०, २०८१
पर्यटकियस्थल रारामा हाइअल्ट्रिच्यूट गल्फकोट निर्माणमा ५४ लाख बजेट

मुगु—कर्णाली प्रदेश उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारामा हाइअल्ट्रिच्यूट गल्फकोट निर्माणको लागि ५४ लाख बजेट बिनियोजन गरिएको छ ।
सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक बर्ष २०८१÷०८२ का लागि राराको तल्लो मिलिचौरमा हाइअल्ट्रिच्यूट गल्फकोट निर्माण गर्न ५४ लाख बजेट बिनियोजन गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताए ।

राराको दिगो बिकास संगै लगानी भित्रयाउन र बिश्वका धनाढयलाई खेल खेल्न ल्याउने उदेश्यले हाइअल्ट्रिच्यूट गल्फकोटको प्रमुख अबधारण तय गरिएको उनको भनाई छ । पर्यटन प्रर्बधनको लागि मन्त्रालयले समुद्री सतह देखि २९ सय २९ मिटर उचाईमा रहेको रारामा पहिलो पटक हाइअल्ट्रिच्यूट गल्फकोट निर्माण गर्न लागेको छ ।

रारामा गल्फकोट निर्माण संगै ताल वरिपरिको माटो परिक्षण गरेर रंगिन बिरुवा रोपेर रारालाई झन सुन्दर बनाउन मन्त्रालयको ध्यान जानु पर्ने एक पर्यटन ब्याबसायि पदम न्यौपानेको भनाई छ । रारामा हाइअल्टिच्यूट गल्फकोट निर्माणमा प्रदेश तथा संघीय सांसदको ध्यानआकर्षण गराए पछि मन्त्रालयले बजेट बिनियोजन कार्यन्वयन गर्न लागेको न्यौपानेको भनाई छ

रारामा हाइअल्ट्रिच्यूट गल्फकोट निर्माणको निम्ति मन्त्रालय बाट बजेट बिनियोजन हुदा लगानीकर्ता देखि पर्यटन ब्याबसाय उत्साहित देखिएका छन । रारामा गल्फकोट निर्माणले पर्यटन प्रर्बधनमा थप टेवा पुग्ने रारा होल्डिङ प्रालिका अभिषेक बिक्रम शाहले भने हामीले यो बर्ष बाट रारा मुर्माकोटमा अष्ट्रेलियन एक्पर्ट ग्रुपको १ अरब १० करोड लगानीमा अत्याधुनिक सुबिधायुक्त रिर्पोट निर्माण गर्न लागेका छौ गल्फकोट निर्माणले हामीलाई झन हौसला बढायो ।

चर्चामा

सम्बन्धित समाचार