शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • देश
  • बर्षा नरोकिदा कर्णाली राजमार्गमा पहिरो पन्छाउन कठिनाई

बर्षा नरोकिदा कर्णाली राजमार्गमा पहिरो पन्छाउन कठिनाई

  • शनिबार, असार २२, २०८१
बर्षा नरोकिदा कर्णाली राजमार्गमा पहिरो पन्छाउन कठिनाई

मुगु—निरन्तर बर्षाले गर्दा कर्णाली राजमार्गमा पहिरो पन्छाउन समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ
भारी बर्षाका कारण गत शुक्रबार देखि कालिकोटको सडक खण्डको हुल्म र कालिकोट दैलेखको सिमाना दहिखोला नजिक गगनेखोला, सातमोड लगायत चार ठाउ“मा पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएको छ ।निरन्तर बर्षाले गर्दा कर्णाली राजमार्गको पहिरो पन्छाउन कठिनाई उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख चेतन कुमार मण्डलले जानकारी गराए । मेसिन लगाएर पहिरो पन्छाउने काम सुरु गरेपनि बर्षाले नरोकिदा माथि पुन पहिरो खस्ने समस्या कठिनाई उत्पन्न भइरहेको उनको भनाई छ ।

कालिकोट सडक खण्डको हुल्म र कालिकोट दैलेखको सिमाना दहिखोला नजिक गगनेखोलामा माथि बाट ठूल्ठूला ढुंगा सहित पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएको सडक भिडिजन प्रमुख चेतन कुमार मण्डलले जानकारी गराए ।हुल्म र गगनेखोलामा माथि बाट ठूल्ठूला बोल्डर ढुंगा सहित भीषण पहिरो खसेको छ सडक डिभिजन प्रमुख मण्डलले भने पहिरो पन्छाउन दुई वटा मेसिन लगाएका छौ ठूला ढंगा पन्छाउन गाह्रो अबस्था भएको सडक सुचारु हुन समय लाग्छ  पहिरोले सवारी साधान बीच बाटोमा रोकिएपछि यात्रु र सवारी चालकलाई सास्ती भएको छ । लगातारको बर्षाले गर्दा कर्णाली राजमार्गको अन्यत्र स्थानमा पनि पहिरो गएर सडक अबरुद्ध हुने आसंका गरिएको छ

चर्चामा

सम्बन्धित समाचार