शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • देश
  • मनसुन अवधिभर एक करोड बृक्षारोपण गर्न वन मन्त्री शाहीको निर्देशन

मनसुन अवधिभर एक करोड बृक्षारोपण गर्न वन मन्त्री शाहीको निर्देशन

  • सोमवार, साउन २८, २०८१
मनसुन अवधिभर एक करोड बृक्षारोपण गर्न वन मन्त्री शाहीको निर्देशन

काठमाडौ—वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिव एक करोड बृक्षारोपण गर्न निर्देशन दिएका छन ।
मनसुन अवधिमा नेपालभरि बृहत रुपमा बृक्षारोण संचालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय निकुञ्ज तथा आरक्षण कार्यालय र देशभरका ७ सय ५३ वटा स्थानीयतहरुमा करिव एक करोड बृक्षारोपण संचालन गर्न निर्देशन जारी भएको वन मन्त्री शाहीले जानकारी गराउनु भयो । मनसुन अवधिमा देशभर भर करिव एक करोड बृक्षारोपण गर्ने मन्त्रालयको लक्ष्य रहेको उहा“को भनाईउक्त बृक्षारोपण कार्यलाई प्रभावकारी भूमिका निर्बाहका लागि सबै निकायमा आ—आफनो क्षेत्रमा बृक्षारोपण कार्यक्रम संचालनका लागि वन तथा बाताबरण मन्त्रालय माताहतका निकायलाई अनुरोध गर्ने निर्णय भएको उहा“को भनाई छ ।
पछिल्लो २०० बर्षमा मिथेन नाइट्रस अक्साइड कार्वन डाइअक्साइड जस्ता हरितगृह ग्या“स बिनास गर्ने क्लोरोफोलोरो कार्वन जस्ता अन्य बिषाक्त ग्या“स उत्र्सजन दिन प्रतिदिन बायूमण्डलमा बढदै गइरहेको मन्त्रीको भनाई छ । मन्त्री शाहीका अनुसार हरित ग्या“स बृद्धिका प्रमुख श्रोतहरुमा वन जंगल बिनास कोइला खनिजजन्य इन्धनको अत्याधिक प्रयोग औधोगिककरण क्रियाकलाप पर्ने गरेका छन ।
जलवायू परिर्वतनले हिमालय लगायत मावन वीवन सामाजिक आर्थिक बिकास जैबिक बिबिधता पर्यटन बिकास आदि क्षेत्रमा नकरात्मक असर पु¥याउन थालेको मन्त्रीको भनाई छ ।मन्त्री शाहीले भने अतिबृष्टि अनाबृष्टि बाढी पहिरो हिमपहिरो सुक्खा जस्ता प्राकृति बिपत्तको मारमा मानव बस्ती जोखिममा पर्न थालेको हुदा त्यसको न्यूनिकरणको लागि बृहत बृक्षारोपण गरि हरियाली बढाउन जरुरी देखिएको छ ।
जलवायू परिर्वनको सन्दर्भमा सन २००४ मा प्रकासित प्रतिबेदनलाई आधार मान्ने हो भने अहिले विश्बमा उत्र्सजन हुने ६० प्रतिशत कार्वन डाइअक्साइड वन जंगलले सोक्ने गर्दछ मन्त्री शाहीले भने यसको प्रभाव घटाउनको लागि हामीले बढी जंगल बढाउन र काठमा आत्मनिर्भर रहन प्रयास गर्नु पर्छ ।

प्रत्येक घर, कार्यालय अगाडी कम्तिमा एउटा मात्र रुख रोप्न सके भने हामीलाई धेरै लाभ हासिल हुने मन्त्रीले भने सडकको दाया“ बाया“का किनारमा बृक्षारोपण गर्नु पर्छ । हरियाली वन जंगलले गाउ“ शहरको शोभा बढाउने र हरियो वन नेपालको धन भन्ने मुलनारा सार्थक हुने उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार