काठमाडौं—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी संग नेपालका लागि कोलोम्बिया राजदुत भिक्टोर हुगो इचेभेररी जरमिलो ज्।भ् खष्अतयच जगनय भ्अजभखभचचष्, व्बचबmष्ििय बीच शिष्टचार भेट भएको छ ।
मन्त्रालयमा सोमबार भएको शिष्टचार भेटवार्तामा नेपाल र कोलोम्बिया बीचको ३६ बर्ष देखिको कुटनीतिक मित्रवत सम्बन्ध अझ प्रगाढ बनाउने बारेमा छलफल भएको छ ।
वन मन्त्री शाहीले कोलोम्बिया सरकारले जैबिक बिबिधता महासन्धिको १६ औं कोप आयोजन गर्न लागेको प्रति खुशी ब्यक्त गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । कोलोम्बियाको घना जंगल बारे मैले पनि धेरै कुरा सुनेको छु मन्त्रीले भने हामी संग पनि प्राकृतिक श्रोतहरु पहाड वन जंगल रहेका छन ।
नेपालमा २४ प्रतिशत संरक्षित क्षेत्र २४ हजार उपभोक्ता समिति वन र जैबिक बिबिधता संरक्षण जुटेको मन्त्री शाहीले बताउनु भयो । बाघ, गैडा, हात्ती जस्ता ठुला जनावर हिमाल र जंगल हाम्रो प्राथमिकता रहेको मन्त्रीले भने यिनीहरुलाई हामी पर्यटनको प्रमुख आधार बनाउन चाहान्छौ ।
कोपमा हामी जैबिक बिबिधता संरक्षण हाम्रो रणनीति र योजना फेमवर्कमा छलफल गरौ मन्त्रको भनाई छ । मन्त्रीले भने बिकासशील र अल्पबिकसित देश तथा जैबिक बिबिधतामा आश्रीत समुदायका बारेमा बिशेष जोड दिउ । कोलोम्बियाले यस कोप सम्मेलन पश्चात संरक्षणको नेतृत्व गर्ने पाउने आसा गरिएको मन्त्रीको भनाई छ ।