आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • समाचार
  • काम छोडेर बिदेश भ्रमण नगरौ ः वनमन्त्री शाही

काम छोडेर बिदेश भ्रमण नगरौ ः वनमन्त्री शाही

  • मङ्लबार, अशोज ८, २०८१
काम छोडेर बिदेश भ्रमण नगरौ ः वनमन्त्री शाही

काठमाडौं—वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालय अन्त्र्रगतका बिभागिय प्रमुख तथा महाशाखा प्रमुखहरुलाई जनताका कामकाज छोडेर बिदेश भ्रमण नगर्न निर्देशन दिएका छन ।
मंगलबार मन्त्रालयमा आयोजित बरिष्ट ब्याबस्थापनको समुहको बैठकमा सहभागी बिभागिय प्रमुख महाशाखा प्रमुखहरुलाई जनताका दैनिक कामकाज थाति राखेर बिदेश भ्रमण नगर्न निर्देशन दिएका छन ।
मन्त्रालयको सय दिने कार्य योजना पुरा गर्न बिभागिय प्रमुख र महाशाखाका प्रमुख केन्द्रीत भएर काममा खटिन मन्त्री शाहीले निर्देशन दिएका छन ।
आज के काम गर्ने भोली के काम गर्ने भन्ने दैनिक कार्य योजना बनाएर तपाईहरु लाग्नुस् मन्त्रीले भने प्रधानमन्त्रीको चाहाना पुरा गर्न सिंगो मन्त्रालयको टिम कामकाजमा दिनरात खटिनु पर्ने अबस्था आएको छ ।
सबैले आफनो दायित्व कर्तब्य पुरा गर्न जिम्मेवारी पुर्वक लाग्न उहाको भनाई छ । पछिल्लो पटक वन मन्त्रालय बाट मान्छेले आसा अपेक्षा भरोसा धेरै गरेका छन मन्त्रीले बैठकमा प्रमुखहरुलाई सुनाए ।
बिकास निर्माणका लागि आएरका फाइल अडकाएर दुःख दिने काम नगरौ मन्त्रीले भने टेबुलमा आएका फाइल चाङ गरेर नराखौ तीन दिन भित्र समस्या समधान गरौ ।
राज्यमन्त्री रुपा बिकले वन मन्त्रालयका अप्ठेरा नियमावली कार्यबिधि संशोधन गरेर बिकास निर्माण प्रकृयालाई सरल र सहज बनाउन आबश्यक रहेको बताइन ।
सोही बैठकमा सहभागी मन्त्रीका निजी बिज्ञ सल्लाहकार डाक्टर माधव बहादुर कार्कीले भने परम्परागत शैलीमा काम गरेर सम्भव छैन फरक ढंलले काम गरेर प्रतिफल देखाउनु पर्ने बेला आएको बताए ।

चर्चामा

सम्बन्धित समाचार