बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • समाचार
  • रारा स्वर्गकी अप्सरा

रारा स्वर्गकी अप्सरा

  • बिहिबार, अशोज १७, २०८१
रारा स्वर्गकी अप्सरा

मुगु —स्वर्गीय राजा महेन्द्र बीर बिक्रम शाहले रारालाई स्वर्गकी अप्सरा संग तुलना गर्दै कविता लेखेका छन ।
राराको मोहनी रुपले गर्दा उनको मन पग्लिएर रारालाई स्वर्गकी अप्सरा सित तुलना गरेका हुन । मौसम खुले संगै राराको रुप लोभ लाग्दो देखिएको छ । वरिवरि हरियाली जंगल बीचमा निलो ताल र माथि हिमालमा हिउँको घेराले राराको रुप चम्किएको छ । राराले बिहान दिउसो मध्यान्ह र साँझ गरि चार पटक राराले रुप फेर्ने गरेको छ । आकास फुलेको बेला बिहानीको मौसममा रारा असाध्य मनमोहक देखिने गरेको छ हिजोआज राराको किनार वरपर लालीगुराँस फुल फुलेर झन सुन्दर देखिने गरेको छ ।

रारा लालीगुराँस संग बिभिन्न प्रजातिका फुल फुल्न थालेका छन । प्राकृति सुन्दरताले भरिपूर्ण रारामा बिभिन्न प्रजातिका चराहरुको आवाज पनि सुनिने गरेको छ ।चिसो मौसमा ताल भन्दा करिव १८ सय मिटर तल गहिराइमा गएका असला माछा पनि हिजोआज तालको छेउछाउमा आएर पर्यटकलाई जिस्क्याउने गरेका छन । तालको किनारै किनारमा असला माछाको बाक्लो समुह देखिन थालेपछि पर्यटकहरु रमाउने गरेका छन । राराको बन जंगल भित्र लेकाली काँफल र गुच्ची च्याउ टिप्न गाउँबस्ती बाट स्थानीय आउने गरेका छन ।

राराको मोहनी रुप संग माया गाँस्न बिभिन्न जिल्ला बाट आन्तरिक पर्यटकहरु घुम्न आउने गरेका छन पर्यटक आगमनले गर्दा रारामा चहलपहल बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा रहेको रारा घुम्न मौसम यति बेला उपयुक्त छन । रारा आउने हवाई र सडक गरि दुई वटा मार्ग छन ।
नेपालगञ्ज काठमाडौ देखि सिघै हवाई मार्ग बाट पनि रारा पुग्न सकिन्छ भने कर्णाली रारा मार्ग बाट पनि रारा आउन सकिन्छ । अहिले कर्णाली करिडोर हुदै सुकाढिक झुगला बाट खत्याड गम्था बाउपानी भएर रारा पुग्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार