आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • देश
  • मुगुको समृद्धि बिकासका निम्ति पहल गर्ने ः वनमन्त्री

मुगुको समृद्धि बिकासका निम्ति पहल गर्ने ः वनमन्त्री

  • बुधबार, मंसिर १९, २०८१
मुगुको समृद्धि बिकासका निम्ति पहल गर्ने ः वनमन्त्री

काठमाडौ—नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले अन्य जिल्लाको तुलनामा मुगु जिल्लालाई फरक र समृद्धि बनाउज बिकास निर्माणमा पहल गर्ने बताउनु भएको छ ।मंगलबार मुगुको धैनकोट गाउमा रहेको जगतमाला माध्यमिक बिद्यालयको प्रथम बार्षिकउत्सव उदघाटन समारोहमा बोल्दै मन्त्री शाहीले दोमुख बेलिब्रिज, धैनकोट भीई जोडिने बेलिब्रिज निर्माणका लागि बजेटको पहल गर्ने बताएका छन ।
मन्त्री शाहीको अनुसार मुगु गमगढी नाक्चेनाङला सडक निर्माणमा प्रयाप्त बजेट बिनियोजन र गमगढी रारा खत्याड गाउ“पालिका जोडन सडक निर्माण कार्यलाई प्राथमिकता दिएर काम अघि बढाइएको छौ ।वन सम्बन्धि धेरै काम गर्नु छ मन्त्रीले भने बाधा अडचन फुकाएर जनतालाई वन संग जोडेर समृद्धि बनाउन मन्त्रालयले काम गरि रहेको छ ।
घर घरमा बिद्यालय गाउ“ गाउ“मा बिद्यालय स्थापना भएपनि गुणस्तरी र प्राबिधिक शिक्षाको अभावले बेरोजगारी निकै बृद्धि भएको बताउनु भएको छ । मन्त्रीले भने बिद्यालयमा गुणस्तरीय शिक्षाको अभावले बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तै बनेको बताएका छन ।नेपाल सरकारले धमाधम बिद्यालय मात्र खोल्ने र ब्याबस्थापन गुणस्तरीय शिक्षा प्रति ध्यान नदिदा बिकराल समस्या उत्पन्न भएको उहाको भनाई छ ।
गुणस्तरीय शिक्षाको अभावले डिग्री हासिल गरेका युवायुवती रोजगारीको निम्ति खाडीमुलुक तर्फ भौतारीनु पर्ने अबस्था सृजना उत्पन्न भएको मन्त्रीले भने बेरोजगारी संख्या न्यून गर्न अब प्राबिधिक र गुणस्तरीय लाई बिशेष जोड दिनु पर्ने बेला आएको छ । नेपालको शिक्षालाई अनुशासित राष्ट्रप्रति बफदार परिवार प्रति बफदार बनाउन आबश्यक रहेको मन्त्रीको भनाई छ ।गुणस्तरीय शिक्षाको अभावले बिधार्थीले लगानी अनुसार प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन मन्त्रीले भने जीवन उपयोगी शिक्षा नभएर सम्म बेरोजगारीको समस्या हल हुने वाला छैन । उक्त बार्षिकउत्सव कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्की सोरु गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीले मुगुको समग्र बिकास निर्माणको बारेमा आफनो धारणा राखेका छन ।

चर्चामा

सम्बन्धित समाचार