
काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल सरकारले वायु मापन केन्द्रहरुको ब्यापक बिस्तार कार्य गरेको बताउनु भएको छ ।काठमाडौंमा सोमबारदेखि सुरु भएको ‘वायु प्रदूषणसम्बन्धी एसिया प्रशान्त क्षेत्र कार्यक्रम दक्षिण एसियाली क्षेत्रीय कार्यशालामा मन्त्री शाहीले साझेदार संस्थाहरुको सहयोगमा बिभिन्न स्थानमा वायु गुणस्तर मापन केन्द्र जडान गरेको बताउनु भएको हो ।मन्त्रालय तथा वाताबरण बिभागले वायु प्रदुषण सम्बन्धमा बिभिन्न जनचेतनामुलक कार्यक्रम तथा पैरवी अभियान संचालन गरि रहेको मन्त्रीको भनाई रहेको छ ।
यातायात क्षेत्र बाट हुने प्रदुषण न्यूनिकरणको निम्ति सवारी साधन बाट हुने प्रदुषण सम्बन्धी मापदण्ड मन्त्रालय बाट पुनरावलोकन भइरहेको मन्त्री शाहीले भने स्वच्छ उर्जामा स्तरउन्नती गर्नको लागि बिद्युतीय सवारी साधन प्रर्बद्धन र जलवायु परिर्वतन ब्याबस्थापन लक्षित प्रमुख कार्यहरु समावेश भएका छन । मन्त्रीले भने नेपाल सरकारले बिद्युतिय सवारी साधनको आयातमा कर छुटको ब्याबस्था गरि यातायात क्षेत्र बाट हुने प्रदुषण घटाउन पहल गरेको छ ।सार्वजनिक यातायात क्षेत्रमा नेपाल सरकार निजी क्षेत्र तथा दातृ निकायको सहयोगमा बिद्युतिय यातायातका साधन क्रमस संचालनमा ल्याउने कार्यक्रम रहेको छ ।
सौर्य उर्जा र बायोग्यासलाई ग्रामिण क्षेत्रमा प्रर्बद्धन गरि रहेका छौ मन्त्रीले भने ठो फोहोर ब्याबस्थापन हाम्रो अर्को लक्षित कार्यक्रम रहेको छ । खुल्ला रुपमा जलाइने फोहोर वायु प्रदुषणको समस्याको रुपमा रहेको उहॉको भनाई रहेको छ ।वाताबरण बिभागले शहर क्षेत्रमा रहेका उद्योग, आयोजना, अस्पताल, तथा यातायातका साधनहरुमा प्रदुषण मापदण्डको पालनका अनुगमन निरिक्षण गर्ने कार्य गरि रहेको मन्त्री शाहीले भने वायु प्रदुषण स्थानीय समस्या मात्र नभई अन्तर क्षेत्रिय तथा अन्तर देशीय समस्याको रुपमा देखा परेको छ ।हरेक बर्ष बढी रहेको वायु प्रदुषणले पारिस्थितिक प्रणाली अर्थतन्त्र मानव स्वास्थ्यलाई असर गरि रहेको मन्त्रीले सुनाउनु भयो ।
मन्त्री शाहीका अनुसार वायु प्रदुषण सिमित नेपाल भित्रको समस्या नभएर दक्षिण एशियाको लागि जल्दोबल्दो चुनौतीका रुपमा देखा परेको छ ।विश्वको चर्चित पर्यटन स्थल हाम्रो काठमाडौ उपत्यकामा पनि वायु प्रदुषणमा विश्वको अग्रणी स्थानमा पर्ने गरेको मन्त्रीले बताउनु भयो ।वाताबरण संरक्षण ऐन २०७६ मा वायु प्रदुषण नियन्त्रणका लागि बिभिन्न प्रावधानहरुको ब्याबस्था गरि रहेको मन्त्रीले भन्नु भयो नेपाल सरकारले काठमाडौ उपत्यका वायु गुणस्तर ब्याबस्थापन कार्ययोजना २०७६ लागु गरि तीनै तहको सरकारको समन्वयमा बिभिन्न क्षेत्र बाट हुने वायु प्रदुषण नियन्त्रणको लागि बिभिन्न क्रियाकलापहरु तर्जुमा गरि कार्यान्वयन गरि रहेको छ ।