आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • देश
  • पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिन्छन् : सभापति देउवा

पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिन्छन् : सभापति देउवा

  • आइतवार, मंसिर ३०, २०८१
पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिन्छन् : सभापति देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उँधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि ९ज्यापु दिवस०र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्दै उनले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार