बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सदस्यमुखी सेवामा समर्पित हुँदै मुगुको छायानाथ सहकारी

सदस्यमुखी सेवामा समर्पित हुँदै मुगुको छायानाथ सहकारी

  • शुक्रबार, पुस १२, २०८१
सदस्यमुखी सेवामा समर्पित हुँदै मुगुको छायानाथ सहकारी

गमगढी , मुगु   – हिमाली जिल्ला मुगुमा  रहेको   छायानाथ  बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छोटो समयमा जिल्लामै नमुनायोग्य काम गर्दै आएको पाइएको छ ।२०७१ मंसिर १ गते बिधिवत रुपमा खोलिएको यस संस्थाले ४१ जना सेयर सदस्यबाट १२ लाख शेयर पुजि जम्मागरि दुई जना कर्मचारी राखेर कार्यालय संचालन गरेको हो ।करिब १० बर्ष पुग्दै गर्दा हाल यस संस्थामा ३३ जना कर्मचारी छन भने २ वटा सेवाकेन्द्र,१ वटा केन्द्रिय कार्यालय खोली सदस्यमुखी सेवा दिई रहेको छाँयानाथ सहकारीका अध्यक्ष भुपेन्द्र मल्लले जानकारी गराउनु भयो ।उहाका अनुसार हिजो ४१ जना शेयर सदस्यबाट सुरु गरिएको यस संस्था आजसम्म आइपुग्दा ११ हजार दुईसय ३५ जना शेयर सदस्य पुगेका छ्न भने लघुबित्तमा आबद्ध सदस्य संख्या ८ हजार १२०, लघुबित्त केन्द्र ३८६ वटा र लघुबित्त समुह एक हजार पाँच ५४४ पुगेका छ्न ।

हाल सहकारीको कुल सम्पत्ति २५ करोड तेह्र लाख ५७ हजार , सेयर पुजि २६ करोड चार लाख ८४ हजार छ, बचत संकलन १९ करोड चार हजार, लगानीमा रहेको ऋण १७ करोड २० लाख छ हजार रहेको छ । जगेडा कोषमा २८ लाख २९ हजार, अन्य कोषमा ८२ लाख ४५ हजार छ भने संस्थाको अशुली दर ९९ प्रतिशत रहेको छ ।आउने २०८८ सम्म संस्थाले हालको भन्दा दोब्बर सदस्य पुगाउने लक्ष्य लिएको र जम्मा पुजि ४५ करोड बनाउने पनि अध्यक्ष मल्ल योजना सुनाउनु भयो ।
जिल्लामा आज चार सय १० सहकारी दर्तामा भएपनि खासै के कसरी चलेका छ्न कुनै व्यक्ती निकायलाइ जानकारी छैन्न ।तर छाँयानाथ सहकारी भने चार पाच सय देखि हजार सम्म सदस्यको बिचमा हरेक बर्ष बार्षिक साधारण सभा गर्ने जिल्ला मै एक नमुना सहकारुको रुपमा चिनिदै आएको छ ।

सहकारिले मंगलबार मात्रै करिब ३०० बढी सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी अन्य सरोकार वाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्तिथिमा एक कार्यक्रम बिच आफ्नो १० औ साधारण सभा सम्पन्न गरेको थियो ।कार्यक्रममा उत्कृष्ट लघुबित्तका ७ सद्स्य्लाइ नगद सहित सम्मान गरिएको थियो ।यतिमात्र होइन आर्थिक बर्ष ०८०र०८१ मा प्रसुती सेवा सात सयका दरले ४१ जना सदस्यलाई, छोराछोरी मृत्यु संस्कार सेवा तीन हजारका दरले ८ जनालाई, सदस्यको दम्पती मृत्यु संस्कार सेवामा छ हजारका दरले १२ जनालाई, सदस्यको मृत्यु संस्कार सेवा दश हजारका दरले ८ जनालाई र लघु बिमा सुबिधा ७ जना सदस्यलाई यस संस्थाले रकम उपलब्ध गराएको बताइएको छ ।

नियमित आम्दानीको लागि २५० कित्ता र ५०० कित्ता शेयर खरिद गर्दा मासिक २५० देखि ५०० सम्म आम्दानी गर्नसकिने छ । शेयर सदस्यका छोराछोरीलाई बोर्डिङको मासिक शुल्कमा २५ प्रतिशत सम्म छुट दिने । प्राण घातक रोग लाग्दा बिना ब्याज २ लाख सम्मको ऋण उपलब्ध गराइने । सदस्यलाई दुर्घटना र स्वास्थ्य बिमामा आबद्ध गराइने र संस्थाको एम्बुलेन्स सेवा लिए भाडामा ५० प्रतिशत छुट सुबिधा उपलब्ध गराउने अध्यक्ष मल्लले जनाए ।
आगामी दिनमा सदस्यले उत्पादन गरेका बस्तुलाइ बजारीकरणका लागि ५ वटा ग्रिनसप सुरु गर्ने । स्थानीय सरकार संघ सहकार्य गरि ग्रामीण क्षेत्रमा एउटा इको भिलेज बिकास गर्ने, स्थानीय युवाहरुको थप एकसय वटा थ्री जिरो क्लब गठन गरि उनीहरुलाई राष्ट्रिय र अन्तरास्ट्रिय संजाल संघ जोड्ने , ग्रामीण भेगमा प्रत्येक लघुबित्त सदस्यलाई समुहमा एक हजार वटा बिरुवा लगाउने कार्यक्रम संचालन गर्ने लगायतका दर्जनौं लक्ष्य सहकारीले लिएको प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिको छ ।

चर्चामा

सम्बन्धित समाचार