
मुगु —सोरु गाउँपालिका अन्त्र्रगत वडातहमा गठन गरिएका मेलमिलाप केन्द्र प्रभावकारी बन्न थालेका छन ।पालिका न्यायिक समितिले स–साना झै–झगडा मिलापत्र गर्ने उदेश्यले वडानं. १ देखि ११ वडामा स्थापना गरिएको मेलमिलाप केन्द्रले गाउँका झगडा बिबाद गाउँमै मिलापत्र गरि साम्य गर्न थालेका छन ।पहिले गाउँमा मेलमिलाप केन्द्र नहुँदा सानातिना गाउँलेका झगडा बिबाद पनि प्रहरी चौकी देखि जिल्ला सम्म पुग्ने गर्थे भने अहिले मेलमिलाप केन्द्रका सहजकर्ताले गाउँमै मिलाउन थालेका छन ।
साना तिना झै–झगडाको उजुरी ल्याएर स्थानीय मेलमिलाप केन्द्रमा आउने गरेको सोरु गाउँपालिका–१ का मेलमिलाप सहजकर्ता चक्रबहादुर छत्यालले बताए ।
मेलमिलाप केन्द्रको क्षेत्राधिकार भित्र पर्ने झगडा बिबादहरु दण्ड सजाय गरेर मिलापत्र गर्ने गरिएको उनको भनाई छ । वडातहका मेलमिलाप केन्द्र गरेका छानमिन गरेका झै–झगडा बिबादको रेर्कड पालिका न्यायिक समितिलाई पठाउने गरिएको छ ।वडातहमा मेलमिलाप केन्द्र गठन भएपछि स्थानीयलाई पनि न्याय पाउन सजिलो भएको छ । वडामा मेलमिलाप केन्द्र स्थापना भएपछि उजुरीको चाप बढन थालेको वडानं–२ का मेलमिलाप सहजकर्ता धिरेन्द्रबहादुर शाहीले भने सानातिना उजुरी प्रहरी चौकी र जिल्लातिर जान छोडिसके सोरुकोट प्रहरी चौकीमा आएका साना तिना झगडाका उजुरी पनि मिलापत्रको निम्ति मेलमिलाप केन्द्र पठाउने गरेको छ । वडातमा स्थापना गरिएको मेलमिलाप केन्द्रले जग्गा सिमाना सम्बन्धि झगडा, गाई गोरुले अन्नबाली खाएको बिबाद, गाउँले कुदपिट,योजना उपभोक्ता बीच बिबाद, चोरी जस्ता बिबादका बिषयमा मिलापत्र गर्ने गरेका छन ।पालिकाले वडातहमा स्थापना भएका मेलमिलापत्र केन्द्रलाई बजेटको ब्याबस्था गरि कार्यालय कोठा, स्टेशनरीको ब्याबस्था गरि दिन सहजकर्ताको माग छ ।
पालिका न्यायिक समितिले वडास्तरमा दक्ष महिला पुरुष सहजकर्ता छनौट गरि ७ दिने न्यायिक सम्बन्धि तालिम दिएर वडामा मेलमिलाप केन्द्र स्थापना गरेका छन ।