शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पश्चिम नेपालमा १३ दिनमा सात भूकम्प

पश्चिम नेपालमा १३ दिनमा सात भूकम्प

  • शनिबार, पुस १३, २०८१
पश्चिम नेपालमा १३ दिनमा सात भूकम्प

काठमाडौ – पुस  महिना  लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्प महशुस भएको छ। यसै क्रममा  शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३, पुस ३ गते बझाङको धामेनामै ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गयो।पुस ६ गते बाजुरामा ५.२ म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ। वि२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

चर्चामा

सम्बन्धित समाचार