शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगु भीई गाउँका २७७ परिवारलाई पानीको समस्या

मुगु भीई गाउँका २७७ परिवारलाई पानीको समस्या

  • शुक्रबार, पुस २६, २०८१
मुगु भीई  गाउँका २७७ परिवारलाई पानीको समस्या

मुगु—जिल्ला स्थित सोरु  गाउँपालिका–३ की भीई  गाउँका २ सय ७७ परिवारलाई पानीको समस्या छ ।खडेरीले पानीको मुहान सुकेपछि भीई अन्त्र्रगत भामगाउ“, भिदगाउ“, ठूलागाउ“, काटि गाउँ“, बैना गाउँ, कोसेडी गाउँ लगायत ८ वटा बस्तीका २ सय ७७ परिवारलाई खानेपानीको समस्या उत्पन्न भएको हो ।करिव १५ बर्ष अघि आइएनएफ नेपाल संस्थाले ९ किलोमिटर टाढा अडिनामुहान बाट पाइपद्धारा भीई  गाउँमा ल्याइएको पानी गत असोजको भीषण बर्षाले तहसनहस भएको र  गाउँका अन्य स–साना मुहान कुवाको पानी खडेरी सुक्दै गएपछि सिंगो भीई  गाउँका स्थानीयले पानीको संकट ब्यर्होनु परेको छ ।कुवाको तिरतिरे पानीमा २ सय ७७ परिवारलाई एक गाग्री भर्न दुई घण्टा लाग्न थालेको छ ।

दुई घण्टा सम्म लाइन बसेर पनि एक गाग्री पानी भर्न नपाई महिला पुरुष बालबालिका रित्तै घर फर्किन बाध्य भएका छन ।खडेरीले पानीको हाहाकार भयो भीई भाम गाउका खडकराज बुढाले भने एक गाग्री पानी भर्न दुई घण्टा कुवामा पालो कुर्नु पर्ने अबस्था उत्पन्न भयो । गाउ“का सबै पानीको मुहान सुकिसके उनले भने ठूला गाउको कुवाको पानी भर्न रातभर जागराम बस्नु परेको छ । बस्ती स्थापना भए देखि अहिले मात्र भीई गाउ“का ठूलो पानीको हाहाकार भएको छ ।बालबालिका पढाई छोडेर गाउ भन्दा धेरै टाढा पानी भर्न जान थालेका छन । महिला पुरुष हातमा गाग्री, जर्किन बोकेर रातभर कुवामा लाइन बस्ने गरेका छन ।

\गाई भैसी भेडाबाख्रा खच्चर लाई पानी खुवाउन तीन घण्टा टाढा गहताडी गाउ“को खोलामा लैजानु पर्ने अबस्था आएको स्थानीयको भनाई छ ।पानीको संकटले गाउ“ छोडेर भाग्नु पर्ने अबस्था आइसक्यो भीई कुमाल गाउ“की जानसरा कुमालले भनिन खाने अन्न र रोग ब्यथाको भन्दा पिउने पानीको चिन्ता लाग्न थालेको छ । पानीको समस्याले गर्दा भीई गाउ“का कर्मचारी शिक्षक कपाडी धुन नुहाउन कोही हुम्ला कर्णाली कोही गहताडीखोला तिर जान थालेका छन ।

भीई ८ वटा गाउ“मा पानीको ठूलो संकट उत्पन्न भइसक्यो सोरु गाउँपालिका—३ का वडाअध्यक्ष सिहबहादुर धामीले सुनाए । टाढा बाट पानी ल्याउन बजेट छैन उनले भने पहिले आइएनएफले ल्याएको पानी बाढी तहसनहस बनाइ दियो   गाउँमा पाहुना कर्मचारी आउदाखाना बासको समस्या भन्दा पानी समस्याले गाउ“ले चिन्तित छन । सोरु  गाउँपालिकाको सिमित भीई मात्र नभएर जवलधारा  गाउँका ३ सय परिवार पनि पानीको संकटमा छन । गाउँको एक मात्र पानीको धारामा महिला पुरुष बालकालिकाको भीई लाग्ने गरेको छ । पालिका केन्द्र रहेको सोरुकोटमा पनि स्थानीय कर्मचारीले उस्तै पानीको समस्या भोग्नु परेको छ ।सोरु गाउ“पालिकालाई लक्षित गरि संचालन गरिएको बृहतखानेपानी आयोजना निर्माण कार्य पुरा नहुदा स्थानीयले पानीको समस्या झेल्नु परेको छ । उक्त आयोजना निर्माण कार्य सुरु गरिएको दुई बर्ष भन्दा बढी समय भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार