बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगमा विकास गरिन्छ : प्रधानमन्त्री

आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगमा विकास गरिन्छ : प्रधानमन्त्री

  • शनिबार, पुस २६, २०८१
आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगमा विकास गरिन्छ : प्रधानमन्त्री

 

काठमाडौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि आइटी लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गर्नु भएको छ । शनिबार सामाजिक सञ्जाल मार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्नु हुदै प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताउनु भएको हो ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यू समक्ष सिफारिस गरिएको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ प्रधानमन्त्रीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार