
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बुढानिलकण्ठ बोलाएका छन।सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएको सभापति देउवाको सचिवालयले जानकारी गराएको छ ।कांग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन् । सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल हुने श्रोतले जनाएको छ ।