
मुगु –यार्सा संकलनकहरुले अनुमति नलिई पाटन प्रबेश गरेको पाइएको छ । मुगु मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने यार्सा संकलन सिजन सुरु भएपछि अबैध बाटो प्रयोग गरि यार्सा संकलक धमाधम पाटन पसेका छन ।संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ । स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक बर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिइ र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरुको भीड लागेको हो ।
बिना अनुमति यार्सा टिप्नेहरु पाटन क्षेत्र प्रबेश गरेको मुगुमकामारोङ्ख गाँउपालिका–१ का स्थानीय कार्मा लामाले बताएका छन । उनका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी यार्सा संकलकहरु रातारात पाटन पस्ने गरेका छन । अनुमति बिना यार्सा संकलक पाटन गएको जानकारी पाएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर अवैध रुपमा प्रवेश गर्नेहरुलाई जरिवाना गर्ने निर्णय गरेको छ । बिना अनुमति यार्सा टिप्न पाटन जानेलाई जरिवाना गरिने पालिका अध्यक्षको भनाई छ ।