
मुगु रारा –पर्यटकिय गन्त्ब्य मुगुको रारामा करिव १३ हजार पर्यटक घुम्न आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।गत असार समान्त देखि बैशाख मसान्त सम्म रारा घुम्न पर्यटकको संख्या १३ हजार पुगेको निकुञ्ज कार्यालयका निमित्त बरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी गराउनुभयो ।
संरक्षण अधिकृतका अनुसार जम्मा भ्रमणमा आएका १३ हजार आन्तरिक पर्यटक १२ हजार ७ सय जना र बिदेशी २ सय ८ सार्क मुलुका ४५ जना रहेका छन । सडक र हवाई यातायात सहज हुदै जान थालेपछि रारा घुम्ने पर्यटकको संख्यामा बढदै जान थालेको छ ।
पछिल्लो पटक अधिकांस अँन्तरिक पर्यटक कर्णाली राजमार्ग हुदै दैलेख, कालिकोट, जुम्ला सिंजा क्षेत्र अबलोकन गर्दै रारा पुग्ने गरेका छन । हवाई मार्ग भन्दा राजमार्ग बाट पर्यटक रारा आउन रमाउने गरेका छन ।
रारा भ्रमण आउने पर्यटक घोडा चढेर मुर्माटप सम्म पुगेर फर्किने गरेका छन । रारामा आएका पर्यटक घोडा चढने डुंगा चढेर तालमा रमाउने राराका असला माछा अबलोकन गर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । दश महिना भित्र निकुञ्जले करिव १९ लाख राजश्व संकलन गर्न सफल भएको छ । निकुञ्ज कार्यालयका प्रमुख सहित अन्य कर्मचारीको सक्रियतामा चोरी शिकारी नियन्त्रण,व्यवस्थापन,वन पैदावार संरक्षण,वन्य जन्तुको संरक्षण पक्षमा राम्रा कामको थालनी भएको छ ।