
मुगु – हिमाली जिल्ला हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धि नाराका साथ शुक्रबार हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय प्रमुख योगेश आलेमगरले बताउनु भयो ।
साक्षरता घोषणा संगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्लाको रुपमा पर्ने गरेको छ । १५–६० वर्ष उमेर समूहका ३५ हजार ३ सय ५४ जनामध्ये ३३ हजार ९ सय ५४ जना साक्षर भएको आलेमगरले बताए । हुम्लामा १४ सय नागरिक निरक्षर रहेको उनको भनाई छ । कर्णाली प्रदेशका कालिकोट र डोल्पा जिल्लालाई मात्र साक्षर घोषणा गर्न बाँकी छन ।