
काठमाडौ–राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यसहितको माग राखेर काठमाडौंमा आज तेश्रो दिन आन्दोलन सुरु गरिएको छ ।राजा आउ देश बचाउ भन्ने नारा घन्काउदै राजावादीहरूले आज रत्नपार्क क्षेत्रमा प्रदर्शन सुरु गरि बालुवाटार तर्फ लागेका छन ।सरकारले बालुवाटारलाई संवेदनशील क्षेत्रको रुपमा लिँदै निषेधित क्षेत्र घोषणा गरिसकेको छ । निषेधित क्षेत्र तोड्न नदिन बालुवाटार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल लगायत दलका नेता कार्यकर्ता पनि सहभागी छन् ।