
काठमाडौ —वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यो चालु आर्थिक बर्षको कार्यसम्पादन सम्झौता प्रतिबद्ध भएर कार्यन्वयन गर्न सचिव, बिभागिय प्रमुख, र महाशाखा प्रमुखलाई निर्देशन दिनु भएको छ ।बुधबार मन्त्रालयमा आयोजित मन्त्री शाही र सचिव डा. राजेन्द्र प्रसाद मिश्र बीच भएको कार्यसम्पादन सम्झौता सहित बिभागिय प्रमुख महाशाखा प्रमुख पनि भएको कार्यसम्पादन सम्झौताको पूर्ण रुपमा कार्यन्वयन गर्न मन्त्रीले निर्देशन जारी गर्नु भएको हो ।
प्रधानमन्त्री संग सम्झौता भएको कार्यसम्पादन म कार्यन्वयन गर्न प्रतिबद्ध रुपमा लाग्ने छु मन्त्री शाहीले भने यहा“ मन्त्रालय हामी बीच भएको कार्यसम्पादन सम्झौता कार्यन्वयन गर्न तपाईहरु कटिबद्ध भएर लाग्नुस् । आगामी कार्यसम्पादनको मुल्याङ्घन ९० प्रतिशत अंकभार प्राप्त गर्ने गरि तपाईहरु कार्यन्वयनतिर खटिनुस् मन्त्रीले बिभागिय प्रमुख र महाशाखा प्रमुखलाई बताउनु भएको छ ।
मन्त्री शाहीका अनुसार हाम्रा एक बर्ष बित्यो अब एक बर्ष भित्र आफनो जिम्मेवारी कामको प्रतिफल प्राप्त गर्न खटिएर लाग्नुस् ।
बिकास बिरोधी भन्ने वन मन्त्रालयलाई लागेको आरोप चिर्न हामी सफल भएका छौ एक बर्षमा हामीले धेरै काम गरिसक्यौ मन्त्रीले भने अझ मन्त्रालयलाई सफल र सक्षम बनाउन बिभागिय प्रमुखहरुको ठूलो भूमिका छ ।मन्त्रीले भने राम्रो काम गर्नेलाई पुरस्कृत गरौ नराम्रो काम गर्नेलाई सजाय गरौ । काम गर्ने क्रममा बाधा अडचन समस्या देखिएर एक आपसमा छmलफल गरि समाधान निकालौ मन्त्रीले भने तर काममा पन्छिने कोही सकैले नगरौ । खुशी नेपाली समृद्धि नेपालको परिकल्पना सहित जनताका बिकास निर्माण हामी सबैले हातोमालो गरि अघि बढौ मन्त्री शाहीको भनाई रहेको छ ।