बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • समाचार
  • पूर्वराजा शाहको शुभकामना सन्देश, बिगार्ने होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढाउनु पर्छ

पूर्वराजा शाहको शुभकामना सन्देश, बिगार्ने होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढाउनु पर्छ

  • आइतवार, अशोज १२, २०८२
पूर्वराजा शाहको शुभकामना सन्देश, बिगार्ने होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढाउनु पर्छ

काठमाडौ —पूर्वराजा ज्ञानेन्द्र शाहले बिगार्ने हाइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढाउनु पर्ने बताउनु भएको छ ।विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देश मार्फत पूर्वराजाले सही सत्य अग्रजहरुको आदार गर्ने,मर्यादा र अनुशासन कायम राख्ने, राष्टलाई माया गर्ने, राष्टिय सोच र चेत हामीमा हुनै पर्छ । सन्देशमा पूर्वराजा शाहले भनेका छन्, .

नया“ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ ।युवापुस्ता हाम्रा भबिष्यका आधारस्तम्भ हुन, उनीहरुमा निहित देशभक्तिको भावना उर्जा शक्ति र नविन सोचले मात्र राष्टलाई बलियो समृद्ध र आत्मनिर्भर बनाउने बाटो लैजानु पर्छ पूर्वराजा शाहले सन्देशमा उल्लेख गर्नु भएको छ । कुनै परनिर्भता वा भूराजनितिक चक्रब्यूमा नफसी आफनो बाटो आफै तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ शुभकामना सन्देशमा भनिएको छ । विकसित हुदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ सन्देशमा उल्लेख गर्नु भएको छ ।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यस पटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताउनु भएको छ । जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिक रूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उहाले उल्लेख गर्नु भएको छ यसपटकको दसैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाइदिने घोषणा पनि गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार