
मुगु —नेपाली कांग्रेसका सभापति एवम पूर्बप्रधानमन्त्री शेरबहादर देउवाले देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसंग कुनै सम्झौता नगरेको बताएका छन । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितीको बैठकमा मन्तव्य दिदै उहाले देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसंग कुनै सम्झौता नगरेको र कांग्रेसलाई सधैँ जात, क्षेत्र, धर्म लिंग र समुदायको पार्टी बनाउने प्रयत्न गरेको बताएका छन । जुनसुकै कालखण्डमा देशमा उत्पन्न बिषम परिस्थिति ठिक ढंगले पहिचान गर्ने र मुलुकलाई जटिलता बाट सहजतर्फ पुरयाउन कांग्रेसको बिशेषता नै हो दृेउवाको भनाई छ ।
देउवाले भने पार्टीलाई सधै जनताको प्यारो पार्टीका रुपमा स्थापित गरि रहयौ । कांग्रेसले आफनो इतिहासमा आर्जित बिश्वासनियतालाई पुर्नपुष्टि गर्नु पर्दछ उहको भनाई छ । नेपाली कांग्रेसले ठिक राष्टिय एजेण्ण्डा तय गरि देशलाई उचित गन्तब्य तिर पुरयाएको देउवाको भनाई रहेको छ । देश संकट उत्पन्न भएको बर्तमान अबस्थामा हाम्रो बीचमा बिद्यमान ब्यक्तिगत वा समुहगत मतभेद द्धन्द असहमति सबैलाई थाती राखेर एकताबद्ध हुनु पर्ने बताउनु भएको छ । देउवाले भदौ २३ र २४ गते भएको घटनाको निश्पक्ष छानबिन गर्नुपर्ने बताएका छन ।