
मुगु —तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै छ सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज बिहान कुकुर तिहार पनि मनाउदै आजैसाँझ लक्ष्मीपूजा पनि परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ । त्यसपछि औँसी तिथि लाग्छ। लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले सोमबार नै लक्ष्मीपूजा परेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।