फोटो सामाजिक सञ्जाल बाट
मुगु —मनाङ—मुस्ताङ र उत्तरी गोर्खामा यो बर्षको पहिलो हिमपात भएको छ । मौसममा बदलिइ भई उक्त क्षेत्रमा कार्तिक पहिलो सातामै हिमपात भएको हो । सोमबार राती बाट माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । छ । सबै भन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फ बाक्लो हिमपात भएको छ । माथिल्लो क्षेत्रमा पनि हिमपात छ । जिल्ला प्रशासन कार्यालले चक्रीय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिए सम्म यात्रा नगर्न भनेको छ । त्यसै गरि मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिका सहित मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गोरखाको उत्तरी भेग चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँमा हिउ परेको छ । चुम उपत्यका तर्फ लामागाउ, लार, गुम्बामा हिमपात भएको छ । त्यसै गरि कार्तिकमै रुकुम पूर्बी क्षेत्रमा पनि हिमपात भएको छ ।