मुगु —कांग्रेस सभापति शेरबहादुर देउवा र निर्बतमान परराष्टमन्त्री आरजु राणा देउवा सिंगापुरबाट स्वदेश फर्किएका छन । देउवा र आरजु शुक्रबार राति स्वदेश फर्किएका छन । उहाहरुको स्वागतका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पार्टी प्रवक्ता प्रकाशशरण महत लगायत नेता विमानस्थल पुगेका थिए । देउवा दम्पती गत कात्तिक उपचारका लागि सिंगापुर गएका थिए ।