शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • कृषि
  • जुम्लामा स्याउ बाट १४ करोड आम्दानी

जुम्लामा स्याउ बाट १४ करोड आम्दानी

  • आइतवार, पुस ६, २०८२
जुम्लामा स्याउ बाट १४ करोड आम्दानी

मुगु —कर्णाली प्रदेशको जुम्लामा यो वर्ष स्याउ बिक्री गरेर करिव १४ करोड २९ लाख आम्दानी भएको छ । यो बर्ष जुम्लाम १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८ सय ३८ परिवार मध्ये १९ हजार १ सय ५० परिवार स्याउखेतीमा संलग्न रहेको पाइएको छ ।जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर रहेको कार्यालयले जनाएको छ। त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१÷८२ मा चार हजार ३ सय २५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४ सय ४५ हेक्टर पुगेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। उनका अनुसार चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको हो ।

पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन्। आव २०८१÷८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५ सय १२ मेट्रिकटन भएको थियो। चालु आवमा उत्पादन घटेर १८ हजार २ सय ४५ मेट्रिकटन भएको कृषि विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार यो वर्ष असिना र वेमौसमी वर्षाले गर्दा १० प्रतिशतले उत्पादन घटेको होअहिले एक हजार ७ सय ६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ। यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार ३ सय ५० र व्यापारी ६ सउ ३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए ।

कोसेली मार्फत दुई हजार ६ सय ४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उनले जानकारी दिए । जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ। यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको जनाउँदै उनले त्यसमध्ये ४२७ मेट्रिकटन निर्यात भएको बताए ।जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा ‘रेडडेलिसियस’, ‘रोयलडेसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार