शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेल बीच भेटवार्ता

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेल बीच भेटवार्ता

  • शुक्रबार, पुस ११, २०८२
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेल बीच भेटवार्ता

मुगु —नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा सित भेटवार्ता गरेका छन । उक्त भेटवार्ता आगामी फागुन २१ गते हुने आम निर्वाचनको बारेमा छलफल भएको श्रोतले जनाएको छ ।महाराजगञ्ज स्थित देउवाको निवासमा देउवा र खरेलबीच भेटवार्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलको सचिवालयका अनुसार, देउवासँगको भेटपछि मन्त्री खरेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान ११ बजे गुण्डुमा भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग १२ बजे भेटघाट गर्ने तयारीमा छन । खरेलको यस भेटघाटलाई शीर्ष नेताहरूसँग समन्वय र छलफलका लागि महत्त्वपूर्ण कदमको रूपमा मूल्याङ्कन  गरिएको छ ।  संचार मन्त्री खरेलले आगामी आम निर्वाचनको लागि राजनीतिक दलका प्रमुख नेता सित भेटवार्ता  कार्यक्रम राखेका छन ।

चर्चामा

सम्बन्धित समाचार