मुगु— जिल्ला स्थित सोरु गाउँपालिकाको बिभिन्न वडाबस्तीमा फैलिएको भाइरल इन्फ्लुएन्जा रोग धेरै फैलिन नदिन पालिकाले पूर्व तयारी सुरु गरेको छ । उक्त भाइरल इन्फ्लुएन्जा रोगले जेष्ठनागरिक, बालबालिका, गर्भवती महिला, दिर्धरोगीलाई सर्दा जटिल समस्या उत्पन्न हुने आबश्यक सर्तकता अपनाउन वडान १ देखि ११ वटा वडामा रहेका स्वास्थ्य संस्था वडा कार्यालय कार्यालयलाई पुर्व तयारी जुटन अनुरोध गरेको छ ।
आज गाउँपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर सेजुवालले सुचना जारी गरि सबै वडातहमा कार्यरत स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई नियमित तथा तयारी अबस्था रहन आग्रह गरिएको छ । ज्वरो, रुघाखोकी, घाटी दुख्ने लगायत रोगका लक्ष्यण देखा परे बिरामीलाई स्वास्थ्य संस्था जान प्रेरित गर्ने । इन्फ्लुएन्जा समुदायमा शिक्षा स्वास्थ्य बारे जनचेतना शिक्षा दिने ।धेरै भिडभाडमा नजान, साबुनपानीले हात्त धुन माक्स प्रयोग गर्नु अनुरोध गरिएको छ । बिद्यालय बालबालिका केन्द्र छात्राबास तथा सार्बजनिक स्थलमा निगरानी अपनाउने सुचनामा उल्लेख गरिएको छ ।