काठमाडौ —राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औ वार्षिकोत्सव सम्पन्न आज सम्पन्न भएको छ । ललितपुर जावलाखेलमा स्थित सदर चिडियाखानामा राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको ३० औँ वार्षिकोत्सवको उदघाटन वन तथा वातावरण मन्त्री माधव चौलागाईले गरेका छन ।उक्त कार्यक्रम बोल्दै मन्त्री चौलागाईले चिडियाखानाको व्यवस्थापन लाई सहज र संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउन जोड दिएका छन । चिडियाखानाको व्यवस्थापनको प्रशंसा गर्दै मन्त्री चौलागाइले सरसफाइलाई ध्यान दिएको हुदा खुसी व्यक्त समेत गरेका छन । प्राणी उद्यान हरेक शहरले खोजिरहेको उहाको भनाई छ, म मन्त्री भएपछि मन्त्रालयको कामकाज फास्ट रुपले अघि बढाएको उहाको भनाई रहेको छ ।
दश बर्ष अघि देखि अल्झिएकने सूर्यविनायकमा बन्न लागेको चिडियाखानाको काम केही समय भित्रै काम अगाडी बढने मन्त्रीले बताए । ४० बर्षपछि जुम्लाले क्याबिनेट मन्त्री पाउदा सबै जुम्लीबासी खुशी भएका छनमन्त्रीले सुनाए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सदर चिडियाखाना व्यवस्थापनका गरेका प्रतिबद्धता सबै पुरा गरेको बताए , चिडियाखानामा संरक्षणमा रहेको पाटेबाघ संरक्षणका लागि १५ लाख रूपैयाँ उपलब्ध गराएको उहाको भनाई छ ।त्यसै गरि राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर नरेश सुवेदीले सदर चिडियाखाना व्यवस्थापनका लागि थप ३० वर्षे पुरा गरेको बताए ।
सदर चिडियाखानाका कार्यालय प्रमुख सत्यनारायण साहले अग्रजहरूको योगदानले चिडियाखाना उत्कृष्ट व्यवस्थापन भएको बताउनु भयो । सदर चिडियाखाना भ्रमण गर्ने पर्यटकहरु बृद्धि भइरहेको उनको भनाई छ ।सोही कार्यक्रममा वन्यजन्तु संरक्षणमा योगदान पु¥याउने व्यक्ति संरक्षणमा उत्कृष्ट काम गर्ने कर्मचारी, वन्यजन्तु संरक्षणका क्षेत्रमा उत्कृष्ट कथा, कविता, गीत रचना गर्ने विद्यार्थीहरू सम्मान गरिएको छ । जुद्ध शम्शेर राणाको पालामा स्थापना भएको सदर चिडियाखाना ९३ बर्ष पुगेको छ ।