मुगु —विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर शुक्रबार श्रीपञ्चमी पर्व मनाइँदै छ । पर्वमा सरस्वती मन्दिरहरूमा पूजा गर्नेहरूको घुइचो लाग्ने गरेको छ । सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककाल देखि चलि आएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षा आरम्भ गर्ने प्रचलन छ । वसन्त पञ्चमीका दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम राखेका छन ।