आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३

हिउँ सेताम्य रारा

  • आइतवार, माघ ११, २०८२
हिउँ सेताम्य रारा

मुगु–हिमालमा नेपालमा कहा बाट झरयौ तिमी स्वर्गकी अप्सरा रारा । मुगुको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारा हिउले सेताम्य बनेको छ । यो बर्षकै प्रथम हिमपातले रारा चादी झै टलक्क चम्किएको छ । हिमपात पछि खुलेको मौसम मौसमले चारैतिर हिउ“ले ढाकेको रारा कपासको फुले झै सेताम्य देखिएको छ ।ताल वरिपरिका रुखहरु हिउ“ले निहुरीएका छन ।

हिउले गर्दा तालको पानी पनि सेता आकारले टल्किन थालेको छ । राराले दिनमा तीन पटक रुप बदल्ले गरेको छ ।घुम्न आएका आन्तरिक पर्यटक निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवान हिउँ खेल्दै रमाउन थालेका छन ।यो बर्षको पहिलो हिमपातले रारा सेताम्य भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर रनबहादुर रोकायाले बताए  हिउले गर्दा रारा सेताम्य देखिएको उनको भनाई छ ।रारामा बाक्लो हिउ परेपछि रारामा चिसो बढेपछि कर्मचारी पर्यटक होटलमा आगो बालेर बस्न बाध्य भएका छन ।समुद्री सतह देखि २९ सय २९सय मिटर उचाईमा अबस्थित उक्त रारामा यो बर्षकै पहिलो बाक्लो हिउपरेको छ ।

हिमपातले सेताम्य भएको रारामा साइबेरिया क्षेत्र जाडो छल्न ५ प्रजातिका ३ सय ९२ वटा चराहरु रारा आएका छन गत साउन देखि पुस समान्त सम्म ६ हजार ५ सय ५७ जना आन्तरिक पर्यटक र १ सय ५६ जना बाह्य पर्यटकले रारा भ्रमण गरेको निकुञ्जले जनाएको छ ।५ किमी लम्बाई र ३ किमी चौडाई र १ सय ६७ मिटर गहिराई रहेको पर्यटकिय गन्त्बय रारा मौसम हिउदमा सेताम्य चैत बैशाखमा लालीगुरा“स फुलेर रमणीय र असोज कार्तिकमा बिभिन्न प्रजातिका फुल फुलेर रमाइलो देखिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार