बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • देश
  • हिमाली जिल्लामा दोश्रो चरण निर्वाचन हुनसक्छ, प्रधानमन्त्री कार्की

हिमाली जिल्लामा दोश्रो चरण निर्वाचन हुनसक्छ, प्रधानमन्त्री कार्की

  • मङ्लबार, माघ २०, २०८२
हिमाली जिल्लामा दोश्रो चरण निर्वाचन हुनसक्छ, प्रधानमन्त्री कार्की

मुगु —प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा प्रतिकूल मौसमका कारण फागुन २१ गते निर्वाचन हुन नसकोको खण्डमा चरणमा सार्न सकिने बताउनु भएको छ ।मंगलबार नवलपुरको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले हिमपात वा अत्यधिक चिसोका कारण मतदान प्रभावित भए अर्को चरणमा निर्वाचन गर्ने व्यवस्था मिलाइने बताउनु भएको छ ।

उहाका अनुसार सरकारले फागुन २१ मै शान्तिपूर्ण र सफल निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र पारेको छ । निर्वाचनलाई केन्द्रमा राखेर सम्पूर्ण संयन्त्र परिचालन गरिएको र शान्त वातावरणमा मतदान हुनेमा सरकार विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताउनु भयो।निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने र छिमेकी राष्ट्रबाट पनि सहयोग प्राप्त भएको जानकारी दिँदै उहाले निर्वाचन नहुँदा उक्त रकम अन्य क्षेत्रमा प्रयोग गर्न सकिने अवस्था रहने जानकारी गराउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार