काठमाडौ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । सोमबार राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । यो अवधिमा राजनीतिक दल, उमेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।
मौन अवधिमा निर्वाचन आयोगले जारी गरेको निर्णय र अनुरोधहरु
१ मौन अवधिमा निर्वाचन आयोगले जारी गरेको मुख्य निर्णय र अनुरोध
२ फागुन १८ गते राति १२ बजेदेखि चुनाव प्रचार प्रशार गर्न नपाईने
३ मतदानको ७ दिन अघिदेखि नजिता नआए सम्म रक्सी बेच्न खान नपाइने
४ फागुन २० राति १२ बजे देखि २१ गते साझसम्म अत्याबसेक बाहक गाडी बन्द गर्ने
५ मतदानको ७२ घण्टा अघि देखि अन्तराष्टिय सिमा नाका बन्द गरिने
६ मतदातामा नामावली नाम भएमा मतदाता कार्ड नागरिकता राहादानी राष्टिय परिचय पत्र वा लालपुर्जाले भोट हाल्न मिल्ने
७ चुनावको दिन सवारी साधन चलाउन आबश्यक पासका लागि छुटटै सवारी इकाई स्थापना गरिने ।