मुगु —राष्टिय स्वतन्त्र पार्टीको देखिएको जनलहर देशमा शान्ति सुशासन र समृद्धिको आकाक्षा पुराका निम्ति आम जनताको शान्त बिद्रोह रुप भएको पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका छन । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम आइरहदा डा. भट्टराईले आफनो सामाजिक सञ्जालमा यस्तो कुरा उल्लेख गरेका छन ।
ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको उहाले उल्लेख गर्नु भएको छ । यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने डा. भट्टराईले बताएका छन ।
देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई डा. बभट्टराईले शुभकामना दिएका छ ।