सोमवार, चैत्र २, २०८२
सोमवार, चैत्र २, २०८२
  • होमपेज
  • समाचार
  • अर्को साता भित्र बालेन सरकार

अर्को साता भित्र बालेन सरकार

  • बिहिबार, फाल्गुन २८, २०८२
अर्को साता भित्र बालेन सरकार

काठमाडौ —प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षमा  राष्टिय स्वतन्त्र पार्टी रास्वपाले १ सय १५ र समानुपातिक बाट ५७ सिट गरि कुल १ सय ८२ सिट  प्राप्त गरि  शाक्तिशाली सशाक्तिशाली सरकार बन्दै छ ।  शक्तिशाली सरकार निर्माणको लागि जनताले पनि यो पटक रास्वपालाई दुई अत्याधिक बहुमत दिएका छन ।  अन्य दल कांग्रेस एमाले माओबादीले बहुमत त ल्याएर तर रास्वपा पार्टी जस्तै अत्याधिक बहुमत ल्याउन सकेनन ।  रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री बन्दैछन । उनस् पार्टी बाट संसदीय दल नेता चयन हुँदै प्रधानमन्त्री नियुक्त हुने हुने छन । रास्वपाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिहले बालेन प्रधानमन्त्री बन्नेमा कुनै शंका नभएको बताएका छन । रास्वपाको सरकार बनेको एक सय दिनमा जनतालाई परिर्वतनको अनुभूती हुने उनले बताएका छन । रास्वपाका नवनिर्वाचित राजु पाण्डेले पनि अबको प्रधानमन्त्री बालेन हुने बताएका छन ।

संसदीय दलको नेता बनेपछि बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नेछन । बालेन संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त हुने छ । सोही उपधारामा ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने’ व्यवस्था छ ।बालेनले प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधि सभामा विश्वासको मत लिन नपर्ने देखिएको छ । रास्वपा एक्लैले निर्वाचनमा १ सय ८२ सिट जितेको छ । संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ । उक्त धाराले बहुमत प्राप्त दलको नेतालाई विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन ।

चर्चामा

सम्बन्धित समाचार