काठमाडौ —पूर्व राष्ट्रपति बिद्यादेबि भण्डारीले बुधबार भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भूमिगत महिला नामक पुस्तक लोकार्पण गर्नु भएको छ ।
मोती देबि स्मृति केन्द्र द्धारा आयोजित ११६ औं अन्तराष्टिय महिला श्रमिक दिवस कार्यक्रममा पूर्व राष्टपति बिद्यादेबि भण्डारीले उक्त पुस्तकको लोकार्पण गरेकी हुन । पञ्चायतकालमा बाथपन्थी संगठन बिस्तारको निम्ति बिभिन्न क्षेत्रका महिलाहरुले गरेको योगदानको बारेमा पुस्तकमा समेटिएको छ ।
सोही कार्यक्रममा बिबिध क्षेत्रका प्रेरणदायि महिलाहरुलाई सम्मान र बृत्तचित्र प्रर्दशन गरिएको थियो । सोही कार्यक्रमा पूर्व राष्ट्रपति भण्डारीले समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुव्र्यवहार, बलात्कार तथा हत्या जस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताउनुभयो । तस्वीर क्यारभान खबर