शुक्रबार, चैत्र ६, २०८२
शुक्रबार, चैत्र ६, २०८२
  • होमपेज
  • देश
  • १३ चैतमा बालेनले प्रधानमन्त्रीको सपथ लिने

१३ चैतमा बालेनले प्रधानमन्त्रीको सपथ लिने

  • शुक्रबार, चैत्र ६, २०८२
१३ चैतमा बालेनले प्रधानमन्त्रीको सपथ लिने

काठमाडौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबार भएको छलफलले प्रधानमन्त्रीको शपथ लिने मिति तय गरेको हो ।नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सपथ १२ चैतका लागि तय गरेको छ । बिहीबार संसद सचिवालयले दलका प्रतिनिधिहरुसँग छलफल गरेर समथ तय गरेको हो । १२ गते बिहान संसदको जेष्ठ सदस्यले राष्ट्रपतिबाट सपथ लिने र दिउँसो २ बजे जेष्ठ सदस्यबाट अन्य सांसदहरुले सपथ लिने तय भएको संसद सचिवालयले जनाएको छ ।

रास्वपाले एकल बहुमत ल्याएकाले संसदीय दलको नेताबारे जानकारी राष्ट्रपतिलाई गराएपछि नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन् । जसअनुसार १३ चैतमा नयाँ प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ । सर्वसम्मत रुपमा बालेन्द्र शाहलाई संसदीय दलको नेता छान्ने पार्टीको तयारी छ ।

चर्चामा

सम्बन्धित समाचार