काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ ।उक्त भेटवार्तामा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई दिएका छन ।
सभापति लामिछानेले प्रधानमन्त्री कार्कीलाई समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको बताएका छन साथै उनले भने यो सामान्य कुरा होइन ।यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु सभापति लामिछाने भने ।सोही भेटवार्तामा प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखि काम गर्न सुझाव दिनु भएको छ । तस्विर प्रधानमन्त्रीको सचिवालय