काठमाडौ —पक्राउ परेका नेकपा एमालेका अध्यक्ष पूर्ब प्रधानमन्त्री एव केपी शर्मा ओली र काँग्रेस नेता तथा पूर्ब गृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेश गरिने भएको छ । प्रहरीले ओली र लेखकलाई प्रहरीले शनिबार आफ्नै निबासबाट प्रक्राउ गरेको थियो । अदालतमा प्रहरीको तर्फबाट सरकारी वकिल कार्यालयले ओली र लेखकलाई पक्राउ गर्दा जारी गरेको पक्राउ पुर्जी अनुसारको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । कार्की आयोगले लापरबाही र हेलचेक्राइंका कारण जेन–जी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो । त्यसै अर्कोतर्फ ओली र लेखक पक्ष जिल्ला अदालतले म्याद थप गरे पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्न सक्ने व्यवस्था छ । सर्वोच्चमा रिट दायर गरेर छुट्ने आदेश भएमा पनि उनीहरु छुट्न सक्ने सम्भावना रहन्छ ।