शुक्रबार, चैत्र २०, २०८२
शुक्रबार, चैत्र २०, २०८२
  • होमपेज
  • शिक्षा
  • आजदेखि एसईई परीक्षा सुरु

आजदेखि एसईई परीक्षा सुरु

  • बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु

काठमाडौ —आजदेखि एसइई परिक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले देशभर एकैपटक परीक्षा संचालन गरेको छ । राष्टिय परिक्षा बोर्डका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुनेछ ।
यही चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार