शुक्रबार, चैत्र २०, २०८२
शुक्रबार, चैत्र २०, २०८२
  • होमपेज
  • समाचार
  • सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

  • शुक्रबार, चैत्र २०, २०८२
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन । उम्मेदवारी दर्ताका लागि निर्धारण गरिएको समयमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन । संघीय संसद् सचिवालयका अनुसार सभामुख पदका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको समयावधिमा अर्यालबाहेक अन्य कुनै पनि उम्मेदवारले मनोनयन दर्ता गरेनन्। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सो अवधिमा एकल उम्मेदवारी दर्ता भएको पुष्टि गरेका छन् ।
उम्मेदवारी दर्ताका क्रममा अर्याललाई रास्वपा सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए। त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थकका रूपमा रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार