मुगु —रारा घुमफिर गर्ने मौसम सुरु भएको छ । कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य मुगुको रारा घुम्ने मौसम उपयुक्त भएको छ ।
रारा घुम्ने उत्कृष्ट मौसम सुरु भएको रारा राष्टिय निकुञ्ज कार्यालयले जनाएको छ बसन्त ऋतुको आगनम संगै रारा ताल वरपर रुखहरुमा पालुवा पलाएर संगै फुलहरु फुल्न थालेका छन । बिभिन्न चराहरुको चिरबिर आवाज सुनिन थालेको छ यो समयमा मौसम सफा हुन्छ र गुराँस लगायतका फूलहरूले वनै रङ्गीन हुन्छ। ।
यति बेला रारा तालको कोणधारी जंगलमा कोइलीको आवाज गुन्जिरहेको छ । बिहान, मध्यान्ह साझ गरि दिनमा तीन पटक राराले रुप फेर्ने गरेको रारा राष्टिय निकुञ्ज कार्यालयका रेन्जर रनबहादुर रोकायाले बताए छ ।
हिउदमा तालको गहिराइमा गएका असला जातका माछाहरु आहारा खोज्दै तालको किनारमा आउन थालेका छन । पर्यटक बोक्न स्थानीय घोडाहरु पनि ताल वरपर तैनाथ छ ।
रारा कसरी पुग्ने
नेपालगन्ज देखि हवाई मार्ग रारा एयरपोट सम्म पुग्न ३५ मिनेट र एयरपोट बाट रारा तालको किनार सम्म पुग्न गाडी बाट आघा घण्टा र पैदल हिडेर जाँदा एक घण्टा समय लाग्ने गरेको छ काठमाडौ नेपालगन्ज बाट गाडी जिप मोटर साईकल बाट पनि रारा पुग्न सकिन्छ ।
गाडी मोटर साइकल बाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला नाग्मा सिजा हुदै रारा पुग्न करिव दुई दिन लाग्ने गरेको छ । पहिले जस्तो रारा घुम्न आउन पर्यटकलाई कठिन नभएको हवाई जहाज र सडक मार्ग बाट सजिलै तरिकाले रारा पुगिने पर्यटन ब्याबसायि देबिकृष्ण रोकायाले बताए ।
बीच बाटोमा होटलको राम्रो ब्याबस्था भएको कर्णाली राजमार्गमा भएर आउने पर्यटकको लागि खान बास बस्न समस्या खेप्नु पर्ने अबस्था छैन । सुदुरपश्चिम कैलाली अछाम बाजुरा जिल्लाको कोल्टी हुदै मुगुको सुकाढिक बाट रारा पुग्ने मार्ग पनि छ ।
रारामा पाइने खाना
रारा घुम्न आउने पर्यटकलाई बिशेष गरि स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो मार्सि धानको भात, मास तथा सिमिको दाल, आलुको तरकारी मह, कोदो गहुँको रोटी र फापरको बिभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताको रुपमा दिने गरेको छ ।
राराको आक्रर्षण
मुगु जिल्लाको रारा ताल समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ । रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्ट्रिय निकुन्जको कार्यालयले जनाएको छ
उक्त निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपाण्डा पाइने भएको छ । गुच्ची च्याउ पा“च औले कटुकी, सुगन्धवाल लगायत बिभिन्न प्रकारको जडिबुटी सहित कोणधारी जंगल र चैत बैशाखमा लालीगुरा“स का“फल पनि पाक्ने खडकाले बताए ।
रारामा महादेवको दर्शन
रारा ताल वरपर करिव ७ वटा भन्दा बढी धार्मिक मठमन्दिरहरु रहेका छन । उक्त मठमन्दिरको पहिचान हुन नसक्दा ओझेलमा छन । ठाकुर ज्युको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मष्टो, छाप्रु मष्टो, रारा कुलेवता गरि रारामा सात वटा धार्मिक मठमन्दिर छन ।