काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्न लागेका छन । आज दिउसो १२ बजे प्रधानमन्त्री शाहले सिहदरवारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदरुह संग अन्त्रक्रिया गर्न लागेका हुन । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायको बिषयमा प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नुहुने जनाईएको छ । अन्तरक्रिया मार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयन लाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।