आइतवार, बैशाख २०, २०८३
आइतवार, बैशाख २०, २०८३
  • होमपेज
  • प्रचलन
  • प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको छ, महासंघ अध्यक्ष निर्मला शर्मा

प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको छ, महासंघ अध्यक्ष निर्मला शर्मा

  • आइतवार, बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको छ, महासंघ अध्यक्ष निर्मला शर्मा

काठमाडौ —नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै नेपालमा प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको भन्दै चिन्ता गरेकी छन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकार, व्यावसायिक सञ्चारगृहहरू तथा विचार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा शुभकामना व्यक्त गर्दै महासंघ अध्यक्ष शर्मा यस्तो बताएकी हुन
महासंघ अध्यक्ष शर्माका अनुसार पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारगृहको आर्थिक सङ्कट र भौतिक सुरक्षाको जोखिमले गर्दा अवस्था पेचिलो बनेको छ । लोकतान्त्रिक संविधानको एक दशकपछि पनि स्वतन्त्रता हननका घटना बढ्नु गम्भीर विषय भएको बताएकी छन । इतिहासदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अङ्ग, तह वा अरू कुनै सङ्गठित र असङ्गठित क्षेत्रबाट सङ्कुचन वा नियन्त्रण गर्ने प्रयास भए पनि प्रेस जगतले सशक्त प्रतिवाद गर्दै आएको उहाको भनाई छ । सन् १९९३ देखि मे ३ मा मनाउन थालिएको यो दिवसको यस वर्षको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माणका लागि प्रेस स्वतन्त्रता प्रवद्र्धन’ रहेको र स्वतन्त्रता रक्षाका लागि नागरिक समाज र पेसागत सङ्गठनसँग ऐक्यबद्धताको आह्वान समेत गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार